वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल अझै सुरु हुन सकेन

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत र नेपालबीचको वर्षाले अवरुद्द बनेको खेल अझै  सुरु हुन सकेको छैन् ।

श्रीलंकाको पाल्लिकेले स्टेडियममा वर्षा भइरहेकाले खेल पुनः कतिबेला  सुरु हुने एकिन भन्न नसकिने अवस्था छ। खेल करिब १ घण्टाबाट रोकिएको छ।

नेपालबाट २३१ रनको टार्गेट पाएको भारतको वर्षाले खेल अवरुद्द हुनअघि २.  ओभरमा  १७ रनको अवस्थामा हुँदा सुभम गिलले १२ रन रोहित शर्माले ४ रन बनाएका थिए। खेल पुनः सुरु भएको छ।

यसअघि ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो। नेपालका आशिफ शेखले सर्वाधिक ५८ ,सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रन बनाएका थिए।

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्