चट्याङ लागेर अर्घाखाँचीमा एकको मृत्यु, चार जना गम्भीर घाइते

सोमबार, भदौ १८, २०८०
Neuro hospital Nepalgunj

अर्घाखाँची । चट्याङ लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको मालारानी- ९ स्थित  गोखुङ्गाको सेपानेमा आज दिउँसो चट्याङले हान्दा  २० वर्षीय मिलन खनालको मृत्यु भएको हो ।

चट्याङले हानेर गम्भीर घाइते भएका खनालको  अर्घाखाँची अस्पताल सन्धिखर्कमा  उपचारला क्रममा  मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ। 

त्यस्तै अर्घाखाँची प्रहरीका अनुसार सोही चट्याङ लागेर दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई गम्भीर घाइते भएका छन् ।

उनीहरुको अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्