सर्वोच्चको तारिख बुझ्दै बालेनले भने- ' म आजबाट अपराधी '

आइतबार, असार २४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले आजबाट  आफूलाई  अपराधीको संज्ञा दिएका छन् ।

बालेनले सामाजिक सञ्जाल फेसबुकमा सर्वोच्च अदालतबाट जारी भएको तारिखको पर्चाको तस्वीर राख्दै  आजबाट आफू तारेखमा रहेको बताएका छन् ।

बालेनले लेखेका छन- 'आज एउटा विशेष दिन’। ‘आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा । र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’

Screenshot_20230709-213735_Facebook1688918847.jpg

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्