वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल सुरु

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत र नेपालबीचको वर्षाले रोकिएको खेल पुनः सुरु भएको छ।

वर्षाले  खेल रोकिनुअघि  नेपालले ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको अवस्थामा ६ विकेटमै अहिले ४०. ओभरमा १८९   रन बनाएको छ।

जसमा आशिफ शेख ५८ रन बनाउदै आउट भएका छन् । नेपालका  कुशल भुर्तेलले ३८, भिम सार्कीले ७, कप्तान रोहित पौडेल ५ रनमै आउट भएका छन् भने मल्ल २ रन बनाएर आउट भएका हुन् ।

गुल्सन झाले २३ रन बनाएर आउट भएका थिए।

अहिले दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी क्रीजमा छन् । ऐरीले २८ रन र कामीले १६ रन बनाएका छन् 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्