नेपाल र भारतको खेल वर्षाले रोकियो, नेपाल ६ विकेट गुमाएर १७८ रनको अवस्थामा

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत र नेपालबीचको खेल वर्षले अवरुद्द बनेको छ। वर्षाले  खेल रोकिनुअघि  नेपालले ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

जसमा आशिफ शेख ५८ रन बनाउदै आउट भएका छन् । नेपालका  कुशल भुर्तेलले ३८, भिम सार्कीले ७, कप्तान रोहित पौडेल ५ रनमै आउट भएका छन् भने मल्ल २ रन बनाएर आउट भएका हुन् ।

गुल्सन झाले २३ रन बनाएर आउट भएका थिए।

अहिले दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी क्रीजमा छन् । ऐरीले २७ रन र कामीले ११ रन बनाएका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्