भारतविरुद्द आशिफ शेखले ५८ रन बनाए

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा नेपालका आशिफ शेख ५८ रन बनाउदै आउट भएका छन् ।

आशिफले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका छन् । आशिफ २९.५ ओभरमा आउट भएका हुन् ।

नेपालका आशिफसँगै कुशल भुर्तेलले ३८, भिम सार्कीले ७, कप्तान रोहित पौडेल ५ रनमै आउट भएका छन् भने मल्ल २ रन बनाएर आउट भएका हुन् ।

गुल्सन झा पनि २३ रन बनाएर आउट भएका छन् । 

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्