आशिफ शेखले पुरा गरे अर्धशतक

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा नेपालका आशिफ शेख अर्धशतक हानेका छन् ।

शेखले  ८८ बल खेल्दै ५०  रन बनाएका छन् । उनले ४ विकेट गुमाएको छ। २७.२ ओभरमा  नेपालले अहिलेसम्म ११३ रनमा  ४ विकेट गुमाइसकेको छ।  

नेपालका कुशल भुर्तेलले ३८, भिम सार्कीले ७, कप्तान रोहित पौडेल ५ रनमै आउट भएका छन् भने मल्ल २ रन बनाएर आउट भएका हुन् ।

अहिले आशिफ सेख र गुल्सन झा क्रीजमा छन् । शेखले नटआउट रहदै क्रीजमा छन् ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्