नेपालगञ्जको फेन्सी पसलमा आगलागी हुँदा करिव १ करोडको क्षेती

सोमबार, भदौ १८, २०८०

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर भित्रको एक फेन्सी पसलमा आगलागी भएको छ ।

आज विहान करिब  साढे २ बजे नेपालगञ्ज- ८ त्रिभुवन चोकस्थित अत्तर अन्सारीले आफ्नै घरमा सञ्चालन गरेको नेपाल कलेक्सन फेन्सी पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।

बिजुलीको लाइन सट भएर अचानक  आगलागी भएको बताइएको छ । आगलागी लगत्तै पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो । 

आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण मालसामान (लेडिज र जेन्ट्स फेन्सी कपडा) जलेर नष्ट भएको छ । आगलागीबाट करिब १ करोड बराबरको क्षती भएको आंकलन गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्