कतारलाई पराजित गर्दै नेपाल आईसीसी महिला टी-२० विश्वकप छनौटको सेमिफाइनलमा

सोमबार, भदौ १८, २०८०

काठमाडौं । नेपालले मलेसियामा जारी आईसीसी महिला टी-२० विश्वकप छनोटमा लगातार चौथो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह 'ए' मा रहेको नेपालले चौथो जितका क्रममा आज बिहान भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

पहिलो ब्याटिङ गरेको कतारले दिएको ७५ रनको लक्ष्यलाई नेपालले १०.३ ओभरमा १ विकेटको क्षेतीमा पुरा गर्दै जित निकालेको हो।

नेपालका लागी  काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन। नेपालले अब आफ्नो अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ । 

त्यस्तै कतारकी साची डादवालले सर्वाधिक २१ रन बनाउँदा बनाइन  भने नेपालकी इन्दुले ३ विकेट लिइन् ।  पुजा महतो र कविता जोशीले समान १/१  विकेट लिए ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्