धौलीगङ्गा बाँध खोलियो, महाकाली तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह

सोमबार, भदौ १८, २०८०

बैतडी । भारतले आज बिहान ८ बजे धौलीगङ्गा जलविद्युतको  बाँध  खोलेको छ । 

उत्तराखण्डको पिथौरागढमा रहेको परियोजनाको बाँध आजदेखि  भोलि  बेलुकी ८ बजेसम्म खोलिने जनाइएको छ। 

जिल्ला प्रशासन कार्यालय बैतडीले धौलीगङ्गाको बाँध खोलेको बेला महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिसकेको छ । 

महाकालीमा लगातारको वर्षा र बाँध खोलिए पश्चात्  नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ। 

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ ।  बाँध खोल्नु पूर्व सतर्कताका लागि जानकारी गराउदै आइएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्