यी प्रदेशमा वर्षाको सम्भावना

सोमबार, भदौ १८, २०८०

काठमाडौं ।  आज दिउँसो कोशी, मधेश, बागमती र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना  रहेको छ।

आज बिहान पनि लुम्बिनी र  गण्डकीका थोरै स्थानहरुमा मेघ गर्जन्र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि भारी वर्षाको सम्भावना पनि छ।

वर्षाका कारण आउन सक्ने बाढी-पहिरोबाट सतर्कता अपनाउन सम्बन्धित सबैमा महाशाखाले अनुरोध समेत गरेको जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्