एसिया कप: आज नेपाल र भारत भिड्दै, दुई टोली मध्ये एक बाहिरिने

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कपमा  समूह चरणको अन्तिम खेलमा  नेपालले आज  भारतसँग खेल्दैछ। 

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पहिलो पटक भारतको सिनियर राष्ट्रिय क्रिकेट टिमसँग आज खेल्न लागेको हो।  नेपाल र भारतको आजको खेल श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार ३:१५ बजे हुँदैछ।

यसअघि नेपाल र भारतले आफ्नो पहिलो खेल खेलिसकेका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भइसकेको छ भने भारत र पाकिस्तानले वर्षाका कारण एक/एक अंक बाँडेका थिए। 

समूह 'ए' बाट पाकिस्तान ३ अंकका साथ पहिलो बन्दै सुपर फोरमा प्रवेश गरिसकेको छ भने आजको खेलमा नेपालले भारतलाई पराजित गरे नेपाल सुपर फोरमा जाने छ।

यदि आजको खेल भारतले जिते वा रद्द भए नेपाल पराजित हुनेछ। नेपाल र भारत दुबैको अन्तिम खेल भएकै कारण दुबै टोली डु अर डाईकै अवस्थामा छन् ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्