व्यवसायीका हकहितको लागि नेपाली व्यवसायी संघ डेनमार्क गठन

आइतबार, भदौ १७, २०८०

डेनमार्क। डेनमार्कमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूले नेपाली व्यवसायी संघ डेनमार्क गठन गरेका छन् ।

डेनमार्कमा व्यवसाय गरी रहेका नेपाली  व्यवसायीहरुको  सामुहिक हितमा काम गर्ने उद्देश्यले  आज कोपनहेगनमा मिलन श्रेष्ठको अध्यक्षतामा नेपाली व्यवसायी संघ डेनमार्कको तदर्थ समिति गठन भएको हो।

लामो समयदेखि व्यवसाय गरिरहेका र उच्च शिक्षा अध्ययनका लागि डेनमार्क आएका बिद्यार्थीहरुको  ज्ञान, सिप र पुजीलाई व्यवसायमा रुपान्तरण गर्ने उद्देश्यले संगठनको आवश्यकताका कारण  नेपाली व्यवसायी संघ गठन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी र  कोषाध्यक्षमा कुलराज शर्मा चयन भएका छन्।

त्यस्तै संघको सदस्यहरुमा नरेन्द्र पौडेल, योगेश भट्टराई,बुद्धी सापकोटा , किशोर प्रसाईं  , सुवर्ण  गौतम चयन भएका  छन् भने संघको लेखा निरीक्षकमा  नवीन पौडेललाई  चयन गरिएको छ।

डेनमार्कमा होटेल, रेस्टुरेन्ट , सुपर मार्केट, ड्राइभिङ् स्कुल, नेपाली कपडा पसल, आईटी, शैक्षिक परार्मश केन्द्र , इन्जिनियरिङ्ग परामर्श, मनि ट्रान्सफर, ट्याक्सी र ट्राभल एजेन्सी लगायतका व्यवसाय गर्ने करीब ५० जना नेपाली व्यवसायी क्रियाशिल छन् ।

त्यस्तै संघको आजको पहिलो बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ। यस्ता छन् निर्णय -

१: नेपाली वजार र नेपालीलाई डेनर्माकको बजारमा स्थापित गर्ने समेत निर्णय गर्ने ।

२: आपसी सद्भाव बढाउनुका साथै आफ्ना अनुभव आदन प्रदान गर्ने ।

३:  एकै उद्देश्यका ब्यक्तिहरुको साझा भेटघाट गर्ने अवसर जुटाउने ।

४:  नयाँ अवधारणाका साथ व्यवसायमा संलग्न हुन चाहाने व्यक्तिहरुलाई प्रोत्साहान गर्ने ।

५:  सामूहिक हकहितका सूचना एक आपसमा बाँडने।

६:   तेस्रो व्यापारीक पार्टसँग वार्गेनिङ्ग पावर वृद्धि गर्ने अवसर जुटाउने।

७: नेपालीहरुको पहिचान डेनर्माक समाजमा स्थापित गर्ने ।

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्