'बाँदरहरूको परिवार नियोजन गरौं': आरजु

आइतबार, भदौ १७, २०८०

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजू राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् ।

आज बसेको संसदीय समितिको बैठकमा आरजुले बाँदरले कृषकको बालीनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी हुन् । 

आरजुले देशमा बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताईन। छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने आरजुले बताइन् ।

‘बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर २/३ वर्षमा कम भयो ।' सभापति आरजुले भनिन् ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्