बासी भात खान दिएको निहुँमा कान्छी आमाको हत्या

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

जनकपुर। धनुषामा कान्छी  आमाले बासी भात खान दिएको निहुँमा हत्या भएको छ।  

बासी भात खान परेको भन्दै आफ्नै  ३९ वर्षीया कान्छी आमा  मीरा देवी भगतको हत्या गरेर पक्राउ पर्नेमा भारतको बिहारस्थित बेतिया नरकटियागञ्ज थाना केयुनियाका २० वर्षीया प्रेम भगत रहेका छन्  । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी परिवारसहित बस्दै आएका प्रेमले बासीभात खान्न बरु होटलमा खान्छु’ भनेपछि विवाद उत्त्पन्न हुँदा कान्छी आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि धक्का दिँदा आमा लडेको र उठेर काठको चिरपटले हान्न खोजेपछि आफूले खोसेर पीठ्यूमा हान्न खोजे पनि टाउकामा लागेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो बासीभात खाने विषयमा आवेशमा प्रेमले काठको मुंग्रो पछाडिबाटै कान्छी आमाको टाउकोमा प्रहार गरेको बयानमा भनेका छन् ।

कान्छी आमा मीराको घटनास्थलमै मृत्यु भएपछि प्रेमले घटनालाई लुकाउन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

आफ्ना बुवासँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका प्रेम र कान्छी आमाको बेला बेला झै-झगडा हुने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले आक पक्राउ गरेका प्रेम र कान्छी आमा मीराको जल्न बाँकी कपडासहितलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले  घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्