चट्याङ लागेर दिदीको मृत्यु, बहिनी रोजिता घाइते

आइतबार, भदौ १७, २०८०
Neuro hospital Nepalgunj

बाजुरा । चट्याङ लाग्दा बाजुरामा दिदीको मृत्यु भएको छ सहोदर बहिनी घाइते भएकी छिन् । 

चट्याङ लागेर बडीमालिका नगरपालिका-६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बाजुराले जानकारी दिएको छ। त्यस्तै मृतककी बहिनी ९ वर्षीया रोजिता रावल घाइते भएकी छिन् । 

कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चट्याङले हानेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्