पेप्सीकोला दुर्घटना अपडेट: सशस्त्र प्रहरीकी एक महिलासहित दुई जनाको मृत्यु

आइतबार, भदौ १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनाका दुई जना गम्भीर घाइतेहरुको उपचारका क्रममा मृत्यु भएको छ।

आज बिहान ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी  ठोक्किँएर  दुर्घटना हुँदा बागमती प्रदेश०२-०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२-०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएका थिए  ।

दुर्घटनामा परेको  स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उसा थापा र  मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुबै जनाको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका अन्य १२  जना घाइतेको उपचार भइरहेक प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्