नेपालसँग भुटान ३ विकेटले पराजित

आइतबार, भदौ १७, २०८०

काठमाडौं । नेपालले मलेसियामा जारी आईसीसी महिला टी-२० विश्वकप छनोटमा भुटानलाई ३ विकेटले पराजित गरेको छ। आज बिहान भएको नेपालले आफ्नो तेस्रो खेलमा भुटानलाई पराजित गरेको हो।

पहिले ब्याटिङ गरेर ४० रनको लक्ष्य दिएको भुटानलाई नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पराजित गरेको हो ।

नेपालका तर्फबाट कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन। त्यस्तै भुटानकी  कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाइन्। 

नेपालका लागि पुजा महतोले सर्वाधिक ३ विकेट  लिइन् । कविता कुँवर र रुबिना क्षेत्रीले समान १र१ विकेट लिए । भुटानको लागि अन्जुली घलेले सर्वाधिक तीन विकेट लिइन् । 

अब नेपालले भोलि कतार र बुधबार यूएईसँग खेल्ने छ। नेपालले अब एक खेल जिते सेमिफाइनलको यात्रा तय गर्नेछ। यसअघि नेपालले आयोजक मलेसिया, बहराइनलाई पराजित गरेको थियो।

 

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्