पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते

आइतबार, भदौ १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । आज बिहान  जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२-०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२-०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएका हुन्  ।

घाइतेमध्ये ८ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ भने ६ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्