कोशी सरकारविरुद्दको रिटमा आज अन्तिम सुनुवाइ

आइतबार, भदौ १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज कोशी सरकारविरुद्दको रिटको सुनुवाइ हुँदैछ।

नेकपा  एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तिम सुनुवाइ गर्दैछ ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 

उक्त रिटमाथि शुक्रवार पूर्ण सुनुवाइ गर्ने गरी पेशी तोकिए पनि न्यायाधीशले मुद्दा हेर्न नमानेपछि आजलाई सारिएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्