विना अनुमति शनिबार चलाइएका २० वटा गाडी अनेरास्ववियुको नियन्त्रणमा

शनिबार, भदौ १६, २०८०

नेपालगन्ज । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन दुरुपयोग गरेको भन्दै सरकारी गाडी सञ्चालनमा रोक लगाइएको छ ।

आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले शनिवारका दिन नेपालगन्जमा सरकारी गाडी सन्चालनमा रोक लगाएका हुन् ।

बिदाको दिन पनि सरकारी गाडीको दुरुपयोग गरिएको भन्दै नेपालगन्जको धम्बोझी चोकमा अनेरास्ववियुका युवाहरुले सरकारी गाडीलाई निगरानी गरि नियन्त्रणमा लिएका थिए ।

आज करिव ३ घण्टा भित्र नेपालगन्जको धम्बोझी चोकबाट करिव २० वटा सरकारी गाडी नियन्त्रणमा लिएको अनेरास्ववियु बाँकेका अध्यक्ष  प्रकाश विश्वकर्माले बताए । विदाको दिन अत्यावश्यक काम बाहेक सरकारी सवारीसधान दुरुपयोग नहोस भन्ने उद्देश्यका साथ विदाको दिन निगरानी गर्दै कडाई गरेको उनले भने।

यस्तै अनेरास्ववियु बाँकेले विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५% छुट गराउन जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र समेत बुझाएको छ भने विद्यार्थीलाई फिल्म हलमा पनि विशेष छुटको व्यवस्था गराउन फिल्म हलका सन्चालकलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रको यथाशीघ्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्न बाध्य हुने विद्यार्थी नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्