एसिया कप: भारतले पाकिस्तानलाई दियो २६७ रनको टार्गेट

शनिबार, भदौ १६, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई २६७ रनको टार्गेट दिएको  छ । 

आज श्रीलंकामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८. ५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएको हो।

पाकिस्तानविरुद्दको खेलमा भारतका हार्दिक पाण्डेयले  सर्वाधिक ८७ र इसान किसानले ८२ रन बनाए। पाकिस्तानका बलर साहिन शाह अफ्रिदीले ४ र  नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिएका थिए।

पाकिस्तानले यसअघि नेपाललाई पराजित गरिसकेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्