अभिनेत्री निरुता सिंहले गरिन् विवाह

शनिबार, भदौ १६, २०८०

काठमाडौं । नेपाली सिनेमा जगतकी चर्चित अभिनेत्री निरुता सिंहले विवाह गरेकी छिन् ।

अभिनेत्री सिंहले आफू वैवाहिक जीवनमा बाँधिएको सामाजिक सञ्जालबाट जानकारी गराएकी हुन् ।

सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन्। उनले सो जानकारी आफैँले सामाजिक सञ्जालबाट दिएकी हुन् ।

अभिनेत्री सिंहले अभिनय गरेको दक्षिणा लगायतका थुप्रै फिल्महरु हिट भइसकेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्