"हाम्रा आफन्तहरु खोइ सरकार?"

शनिबार, भदौ १६, २०८०

नेपालगन्ज । बलपूर्वक बेपत्ता परिएको व्यक्तिहरुको १३औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा “हाम्रो आफन्तहरु खोइ सरकार ?” भन्ने विषयमा केन्द्रित रही अन्तरक्रिया र रक्तदान कार्यक्रमको आयोजना गरेर साप्ताहिकरुपमा दिवस मनाइएको छ ।

बेपत्ता परिवारका व्यक्तिहरुले संघ, प्रदेश र स्थानीय सरकारले द्वन्दपीडितको कुरा नसुनेको गुनासो गरेका छन् । शान्ति सम्झौता भएको १७ वर्ष हुँदा समेत द्वन्दपीडितको समस्या समाधान नभएको भन्दैआगामी दिनमा राज्यलाई वेपत्ता परिवारको माग सम्बोधन गर्न आग्रह गरे ।

न्याय लागि द्वन्दपीडित समाज बाँके र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त आयोजनामा बेपत्ता व्यक्तिहरुको सम्झनामा रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले द्वन्दपीडित परिवारले सरकारको मुख ताक्नु भन्दा आफैंले आयआर्जन गरेर जीवनयापनतर्फ ध्यान दिन आग्रह गरिन् ।

द्वन्दपीडित परिवारहरुले द्वन्दपीडितको पहिचान हुने गरी सरकारसंग परिचयपत्रको व्यवस्था, स्वास्थ्य उपचार, शिक्षा, सीप र रोजगारको व्यवस्था गर्न माग गरेका थिए । 

बेपता परिवारको तर्फबाट जेष्ठ नागरिक ढुन्नी थरुनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका नारायण बस्नेत, जिल्ला समन्वय समितिका जगदिश बाल्मिकी, वडा प्रहरी कार्यालयका अभय रावत, सूचना र न्यायका लागि द्वन्दपीडित राष्ट्रिय महिला संजालकी उषा दाहाल, मानव अधिकार अनुसन्धान केन्द्रका कृष्णमुरारीप्रसाद भट्टराई, न्याय लागि द्वन्दपीडित समाजकी अध्यक्ष चन्द्रकला उप्रेति लगायतले द्वन्दपीडितले बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्