१४ वर्षीया बाकिकालाई बलात्कार गर्ने यमबहादुरलाई साढे १८ वर्ष जेल

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

तनहुँ । तनहुँ जिल्ला अदालतले  जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो । 

यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अदालतले कुँवरलाई रु छ लाख जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ । 

निज अभियुक्तविरुद्ध विसं २०७८ असार ८ गते परिवर्तित नाम २०७७–७८  (तनहुँ)  वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । 

१४ वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्