तुलसीपुरको गणपति तेल मिलमा आगलागी, करोडौंको क्षती

शनिबार, भदौ १६, २०८०

दाङ । दाङको  तुलसीपुरमा रहेको गणपति तेल मिलमा आगलागी भएको छ ।

आज बिहान करिब साढे १ बजेको समयमा गणपति तेल मिलमा आगो लाग्दा करिब २ करोड भन्दा बढीको क्षती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

आगलागीको कारण अझै नखुलेको भएपनी बिधुत सटकै कारण हुन सक्ने प्रोपाईटर डिल्लीबहादुर बस्नेतले जानकारी दिएका छन् ।

आगलागी भएको जानकारी पाए लगतै स्थानीय र आसपासका पानी टंयाकरहरुले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

झन्डै १ किलोमीटर नजिक रहेको तुलसीपुर उपमहानगरपालिका र त्यहाँबाट द्रुत गतिमा पानी सहित आउनु पर्ने दमकल ढिला पुगेको थियो । जसका कारण आगो नियन्त्रण गर्न निकै सकस भएको थियो ।

पानी बिनाको दमकलमा टंयाकरबाट पानी भरी आगो नियन्त्रण गर्दा केहि समय बढी लागेको बस्नेतले बताए ।

आगो पुर्णरुपमा नियन्त्रणमा लिन झन्डै साढे ४ घण्टा लागेको बताएको छ । तेल मिलको रुपमा यश क्षेत्रमा सबैभन्दा पहिला स्थापना भएको मिल गणपति मिल नै हो । क्षतीको यकिन विवरण अझै हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्