काठमाडौंमा आज पनि मनाइँयो गाईजात्रा

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं । आज पनि काठमाडौँ उपत्यकाका विभिन्न शहरमा  गाईजात्रा मनाइएको छ ।

आज बिहानैदेखि मानिसहरुलाई गाइको रुपमा सिँगारेर बजार डुलाइएको थियो। 

जनैपूर्णिमा र गाइजात्रा हिजो एकै दिन परेकाले कतिपयले आज गाइजात्रा मनाएका हुन् । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन विभिन्न कार्यक्रम गरी गाईजात्रा मनाउने गरिन्छ ।

वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने गरिन्छ । यो पर्व राजा प्रताप मल्लले सुरुवात गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्