अमेरिकी सिनेटर होलेन काठमाडौंमा

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन आज काठमाडौं आइपुगेका छन्। 

काठमाडौं आएका परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य रहेका अमेरिकी सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक विषयमा छालफल गर्ने काठमाडौँस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ।

नेपाल भ्रमणका क्रममा सिनेटर होलेनले उच्च सरकारी अधिकृत , युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने र अमेरिकी सहयोगमाथि प्रकाश पार्ने पनि दूतावासले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्