जनताको पूर्ण समर्थन पाएको यो सरकार ढल्दैन: प्रवक्ता शर्मा

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको नेपाल सरकारला प्रवक्ता रेखा शर्माले  बताएकी छन् ।

प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तरक्रियामा सञ्चार तथा सूचना प्रविधिमन्त्री एनम  प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरिन्।

“सरकारलाई जनताको पूर्ण समर्थन छ । भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ।

सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ”, मन्त्री शर्माले भनिन्, “बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन । राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन्। रासस।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्