कोइरालाको स्वास्थ्य अवस्था बुझ्न डा. शेखर मेडिसिटीमा

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कांग्रेस बरिष्ठ नेता डा.शेखर कोइरालाले अस्वस्थ भई काठमाण्डौमा उपचाररत नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइरालालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेपाल मेडिसिटी अस्पतालमा उपचाररत किरणलाई भेट्न कोइराला अस्पताल पुगेका हुन् ।

कोइरालाले उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । आफूलाई भेट्न आएका नेताहरुसंग पार्टी र देशको चिन्ता व्यक्त गर्ने गरेकी कोइरालाले डा. शेखरलाई पनि पार्टीलाई नयाँ जीवन दिन दृढ अठोटका साथ लाग्न आग्रह गरिन् । शेखरसंगै कोइरालालाई भेट्न सहमहामन्त्री जीवन परियार, केन्द्रिय सदस्य सञ्जय गौतम पनि अस्पताल पुगेका थिए । कोइरालाको स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबार मेडिसिटी अस्पतालमा भर्ना गरेको कोइराला पुत्र एवम् कांग्रेस बाँके सचिव सुधांशु कोइरालाले बताए । उनलाई ब्रेन ह्यामरेज भएको छ । 

उनी कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाकी भाइबुहारी तथा कांग्रेस बाँकेका पूर्व सभापति स्वर्गीय डा. अरुण कोइरालाकी धर्मपत्नी हुन् । अहिले कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको सुधांशुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्